सरकारले उपलब्ध गरायो यी स्वास्थ्य संस्थामा सिटामोल

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,

नेपालमा डेंगीको संक्रमण बढ्दैं गएपछि सरकारले उपत्यकाका १६ अस्पताल त्यसैगरी काठमाडौं र ललितपुरका १४ स्थानीय तहलाई ५ लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने हेतुले निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।
हेरौं सरकारले उपलब्ध गराएका स्वास्थ्य संस्थाको नामः
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई १/१लाख थान,
कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिका लाई २०/२० हजार थान

त्यसैगरी अस्पतालहरुतर्फ:

सशस्त्र प्रहरी बल अस्पताल,
भक्तपुर अस्पताल,
सिभिल अस्पताल,
कान्ति बाल अस्पताल,
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र,
प्रसूति गृह,
वीर अस्पताल,
नरदेवी आयुर्वेद अस्पताल,
राष्ट्रिय ट्रमा सेन्टर,
नेपाल प्रहरी अस्पताल,
पाटन अस्पताल,
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
वीरेन्द्र सैनिक अस्पताल र
त्रिवि शिक्षण अस्पतालमा गरी कुल ५ लाख ५० हजार थान सिटामोल वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७९ असोज १३, राती १०ः १३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *