नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुमध्ये केहिको नाम निजको स्वीकृति/सहमति वा सहमति वेगर नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकबाट नाम नहटाएको पाइएमा चिकित्सकलाई प्रचलित कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ । निजी क्लिनिकमा सरकारी चिकित्सकको नामलाई लिएर विभिन्न संचारमाध्यममा गुनासो आउन थालेकोले त्यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र १७, बिहान ९ः३३ बजे

