बाल अस्पताल बनाउन भाटभटेनीका अध्यक्षद्वारा ४१ करोड सहयोग

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

 काठमाडौंको हेपाली हाइटस्थित निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले उक्त सहयोगको घोषणा गरेका हुन् । डा .कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बन्दै छन्। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले त्रिवि शिक्षण अस्पतालमा समेत दुईवटा भवन निर्माण गरेका छन् ।

प्रकाशित मिति:२०८१ बैशाख २९ गते, बिहान ०६:५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *