डा.श्रवण कुमार मिश्र
प्याथोलोजी प्रयोगशाला जाँच सेवाका मुलत: चार प्रकारका विज्ञहरु हुन्छन् । प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् , यी चार विद्यमा पनि सुपर स्पेसियालिष्टहरु जस्तै भाइरोलोजिष्ट, ब्यकटेरिओलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, इम्युनोलोजिष्ट, माइकोलोजिष्ट, परासाईटोलोजिष्ट लगायत अन्य विज्ञहरु हुन्छन् । यस सेवामा प्रयोग गरिने उपकरणहरु र स्वास्थ्य सामग्री छनौट गर्ने र उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित गर्ने कार्य प्रयोगशाला बिज्ञले बिरामीको नमुना वा स्वस्थ्य मानिसको नमुनाको जाँच गरेर मात्र निर्धारण गर्न सकिन्छ । साथै गुणस्तर नियन्त्रणमा प्रयोग हुने QC सामग्रीहरुको जाँच गरेर गर्न सकिन्छ । कुनै उपकरणमा लागेको ट्याग, अन्तरराष्ट्रिय छापले कुनै उपकरण काम लाग्ने वा नलाग्ने निर्धारण हुन् सक्दैन, बरु रोगीलाई रोग देखाउने उपकरण र स्वस्थ्य मानिसलाई निरोगी देखाउने उपकरण मात्र सहि उपकरण मानिन्छ ।
१. प्याथोलोजिष्ट: शरीरमा कुनै किसिमको क्यान्सर छ छैन मासु/बायोप्सीको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै माइक्रोटोम, टिष्यु प्रोशेषर, वाटरबाथ, माक्रोस्कोप लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत कोशीका /तन्तु रंगाउने कार्य मेडिकल टेक्नोलोजिष्टले , र माइक्रोस्कोपमा प्याथोलोजिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र प्याथोलोजिष्ट हुन्छन्।
२. हेमाटोलोजिष्ट: बोन म्यारो र रगतमा पाइने कोशीकाहरुको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै हेमाटोलोजी कुल्टर, वाटरबाथ, माक्रोस्कोप लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत कोशीकाहरुको जाँच /तन्तु रंगाउने कार्य सहित कोशिकाको संख्या निर्धारण लगायत सामान्य किसिमको जाँच मेडिकल टेक्नोलोजिष्टले , र माइक्रोस्कोपमा कोशिकाको बिस्तृत अध्ययन गरि क्यान्सर भए नभएको हेमाटोलोजिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि बिज्ञ मेडिकल टेक्नोजिष्ट र हेमाटोलोजिष्ट हुन्छन्।
३. बायोकेमिष्ट: शरीरको भिभिन्न भागमा पाइने पानी वा रगतको पानीमा पाइने भिभिन्न केमिकल वा बायोमोलिक्युलको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै बायोकेमिकल अनेलाइजर, वाटरबाथ, माक्रोस्कोप, पी.सी.आर. लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत बायोकेमिकलहरुको जाँच कार्य सहित लगायत सामान्य किसिमको जाँच मेडिकल टेक्नोलोजिष्टले , र बिस्तृत अध्ययन गरी रोग भए नभए जाँचको विशेषज्ञ जाँच बायोकेमिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धि विज्ञ मेडिकल टेक्नोजिष्ट र बायोकेमिष्ट हुन्छन् ।
४. माइक्रोबायोलोजिष्ट: विभिन्न प्रकारका जिबानु, किटाणु र परिजीबीहरुको जाँच बिभिन्न किसिमको उपकरणहरु जस्तै इन्क्युबेटर, वाटरबाथ, माक्रोस्कोप, पी.सी.आर. लगायत अन्य उपकरणहरुको उपयोग गरेर गर्ने गर्दछ । यसमा सबै तयारीका कार्यहरु लगायत किटाणुहरुको जाँच /किटाणुहरु रंगाउने कार्य सहित किटाणु कोशिकाको संख्या निर्धारण लगायत सामान्य किसिमको जाँच मेडिकल टेक्नोलोजिष्टले , र माइक्रोस्कोपमा कोशिकाको बिस्तृत अध्ययन गरि पहिचान कार्य माइक्रोबायोलोजिष्टले गर्ने गर्दछ । यसमा प्रयोग हुने उपकरण र स्वास्थ्य सामग्री काम लाग्ने वा नलाग्ने सम्बन्धी विज्ञ मेडिकल टेक्नोजिष्ट र माइक्रोबायोलोजिष्ट हुन्छन् ।
प्रकाशित मिति:२०८१ जेठ २ गते, दिउँसो ०२:३४ बजे

