नेपाल स्वास्थ्य,
बालबालिकाहरूमा रक्त क्यान्सर (ल्युकेमिया), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, रेटिनोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्छन् । बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेबित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै हो । समयमै पत्ता लगाएर उपचार गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ ।
बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरूमा सहुलियतसहित कम खर्चमा गर्ने व्यवस्था छ । बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने हुँदा यसका लक्षणहरु जानिराखौं ।
बालबालिकामा देखिन सक्ने लक्षणहरुः
– रगतको कमी भई छाला फुस्रो देखिनु
– असाधारण रुपमा तौल घट्नु
– लामो समयसम्म खोकी निको नहुनु
– आँखाको नानी सेतो हुनु, आँखा डेढो हुनु, दृष्टि गुमाउनु
– पेट असामान्य रुपमा फुल्नु
– विशेषगरी विहान अत्यधिक टाउको दुख्नु र बान्ता हुनु
– हड्डी दुख्नु, शरीरको विभिन्न भागमा चोट नलागि सुन्निनु वा निलो डाम हुनु
– चाँडो गल्नु, थकित हुनु र झोक्राउनु
– चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु
-राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको सहयोगमा
प्रकाशित मितिः २०७९ चैत्र १८, बिहान ८ः५५ बजे

