नेपाल स्वास्थ्य, सरकारले विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पत्र ९च।नं ३५४० मार्फत चालू आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत संघीय सशर्त बजेटका मार्गदर्शन बुँदा नं १०१ अनुसार अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने व्यवस्था गरिएको उल्लेख गरेको छ ।
पत्रमा ‘नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।
प्रकाशित मितिः २०८२ असोज २५ गते, दिउँसो १ः५७ बजे

