नेपाल स्वास्थ्य डटकम,

स्वास्थ्यको लागि अति लाभदायक फलफूलमध्ये अनार पनि एक हो । यसमा धेरै प्रकारका भिटामिन, खनिज लगायतका पदार्थ पाइन्छ । यसमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट समेत पाइन्छ । अध्ययनहरुका अनुसार पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट केहि हदसम्म बच्न यसले सघाउ पुर्र्याउँदछ ।
अनारको जुसले जोर्निहरुमा फाइदा पुग्नुको साथै उच्च रक्तचाप समेत नियन्त्रण गर्न सहयोग गर्दछ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा हुने खराब कोलेस्ट्रोललाई घटाउने कार्य समेत गर्दछ । यसले रक्तअल्पताबाठ बचाउने, रोगप्रतिरोधी क्षमता बढाउने, मृगौला खराब हुन नदिने, छाला, यौनस्वास्थ्यलाई समेत राम्रो गर्ने गर्दछ ।
प्रकाशित मितिः २०७९ चैत्र ६ गते, साँझ ६ः०३ बजे ।

