नेपाल स्वास्थ्य
औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दे न्यून गुणस्तरको औषधी भेटिएको भन्दै प्रयोग नगर्न आग्रह गरेको छ । विभागले ती औषधि बजारबाट फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई अनुरोध गरेको छ । यी दुई औषधीमा अविपत्तिकर चूर्ण १०० ग्राम र निर्मल चूर्ण १०० ग्रामका रहेका छन् । यी आयुर्वेदिक औषधि हुन् ।
औषधी ऐन २०३५ को दफा १४ बमोजिम यी औषधीको बिक्रि वितरण रोक्का गरी तुरुन्त फिर्ता गर्न र सोको जानकारी विभागमा पेश गर्न भनिएको छ ।
हेरौं विभागले निकालेको सूचनाः

प्रकाशित मितिः २०७९ मंसिर २७, साँझ ५ः१५ बजे

