सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य समाचार

सागर महत, नेपाल स्वास्थ्य डटकम

सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीका लागी जिल्लाका संचारकर्मीहरुसंगको अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।


सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धी बिषयमा चारवटा समूह बनार्इ अन्तरक्रिया तथा छलफलमा गरिएको थियो । सुरक्षित गर्भपतन गराउन पाउने अवस्था ,सुरक्षित गर्भपतन गर्न नपाउने अवस्थाहरु, लिङ्ग पहिचान गरि गर्भपतन गर्न नहुने, मन्जुरीनामा सम्बन्धि व्यवस्था तथा कानुनी व्यवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

समाजसेवा तथा वाताबरण संस्कृति संरक्षण समुह अर्घाखाँचीको आयोजना, आइपास नेपालको आर्थिक सहयोग र स्वास्थ कार्यालय अर्घाखाँचीको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापा , स्वास्थ्य निरीक्षक गणेशराज पौडेल ,समुहका प्रमुख निर्देशक लक्ष्मी अधिकारी पौडेल , समुहका पुर्व अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार राजेश पन्थी , कार्यक्रम अधिकृत आदर्श अधिकारी , पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली ,जिल्ला अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य , समुहका लेखा प्रमुख मन्जु भट्टराई तथा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रम समुहका कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता तथा समुहका कार्यक्रम अधिकृत आदर्श अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित मितिः २०७९ असोज ३१, राती ८ः१७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *