नेपाल स्वास्थ्य,
औषधि व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दे बच्चाहरुमा प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र झोल औषधीको बिक्री वितरण गर्न आग्रह गरेको छ।
जाम्बिया तथा इन्डोनेसिया लगायतका देशहरुमा बच्चाहरुमा प्रयोग हुने झोल बनावट का औषधीहरुमा बिशाक्त्त रसायनयुक्त मिसावटका कारणबाट बच्चाहरुको मृगौलामा गम्भिर प्रतिअसर दुष्प्रभाव भई मृत्यु भएको पुष्टि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख भएको जनाउँदै यस किसिमका मिसावट भएका झोल औषधीको बिक्रि वितरणमा रोक लगाएको विभागले जनाएको छ ।
हेरौं विभागले प्रकाशित गरेको सूचनाः

२०७९ मंसिर १४ गते, बिहान ७ः२५ बजे

