नेपाल स्वास्थ्य,
बिराटनगरको कोशी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गरिएको प्रकरणमा घटनाको छानबिन गर्न समिति गठन भएको छ । अस्पतालले आज छानबिन समिति गठन गरेको छ । तीन सदस्य रहेको छानबिन समितिको संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झा रहेका छन् ।
उक्त शिशुलाई मृत घोषित गरी घर पठाउने मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको छ । शिशुको यतिबेला गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७९ माघ ५ गते, साँझ ५ः२५ बजे

