आयुर्वेद अनुसार राति कति सुत्ने ?

टिप्स

डा. सुष्मा साउद

हजरहरूलाई लाग्छ होला, राति सुतेपछि हाम्रो दैनिक रुटिन सकियो । तर होइन । सुत्ने बेलासम्म त हाम्रो दिनचर्या मात्रै सकिएको हो । यसपछि रात्रिचर्या सुरु हुन्छ, जसमा हामी सुत्छौँ । हजुरले प्रकृतिलाई नियाल्नुभयो भने थाहा पाउनुहुनेछ, गनेचुनेका प्रजातिहरू राति सुत्दैनन् । खासगरी सिकारका लागि ।

जस्तै उल्लु ।

बाँकी धेरै प्राणी रातको समयमा सुत्ने गर्छन् । हामी पनि त्यही जेनेटिक क्याटेगोरीमा पर्छौँ । त्यसैले राति अबेरसम्म नसुत्नु स्वास्थ्यका लागि राम्रो कुरा होइन । आयुर्वेदमा त सुत्नका लागि खाट वा पलङको आकार प्रकारको समेत चर्चा गरिएको छ । जस्तो कि बेडको उचाइ मान्छेको घुँडाको हाइटभन्दा अग्लो हुन हुँदैन आदि ।

कफ प्रकारको मानिसले कम समय अर्थात् ८ घण्टाभन्दा कम सुत्ने गर्नुपर्छ । ताकि शरीर धेरै समयसम्म सक्रिय नै होस् । पित्त प्रकारका मानिसले ७ देखि ८ घण्टासम्म सुत्नु राम्रो मानिन्छ । वात प्रकारको शरीर भएका मानिसले ८ घण्टाभन्दा बढी सुत्न सक्छन् । किनकि, उनीहरूको ‘स्लिपिङ प्याटर्न’ अनियमित (डिस्टर्ब) हुन्छ ।

प्रकाशित मिति: २०८३ साउन ११ गते, दिउँसो ०१:५५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *