मुटु रोग लाग्नुका कारणहरु

टिप्स

नेपाल स्वास्थ्य डटकम
विश्वमा नै मुटु रोगीको संख्या बढिरहेको देखिन्छ । खानपान तथा जीवनशैलीका कारण अधिकांश मानिसहरु मुटु रोगको सिकार भइरहेका छन् । पर्याप्त शारीरिक गतिविधि नगर्दा मुटु रोग लाग्ने सम्भावना हुन्छ । यदि हामीले नियमित रुपमा शारीरिक व्यायामलाई उपर्युक्त ढंगले अगाडी बढाउन सक्यौं भने जोखिमलाई कम गर्न सकिन्छ । धेरै मादक पदार्थ पिउने गर्नाले पनि मुटुरोग लाग्ने सम्भावना हुन्छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। खासगरी अव्यवस्थित जीवनशैली नै मुटु रोगको प्रमुख कारक मान्न सकिन्छ ।
मुटुरोगको कारणः
उच्च रक्तचाप,
अधिक तौल र मोटोपना,
मधुमेह,
मानसिक तनाव,
बढीमात्रामा जाडरक्सीको सेवन,
अस्वस्थ्यकर खानपान,
अस्वस्थ्कर जीवनशैली,
व्यायामको कमि,
त्यसैले समयमै मुटुरोगबाट बच्न उच्च सर्तकता अपनाउँदै समय समयमा चिकित्सकसँग जाँच तथा परामर्श लिनु आवश्यक हुन्छ ।

प्रकाशित मितिः २०७९ असोज ४ गते, दिउँसो ४ः ३० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *