नेपाल स्वास्थ्य डटकम,
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार सुरु भएको छ । सांसद भण्डारीको साथमा रहेका कांग्रेस नेताद्वय योगराज कँडेल र माधव न्यौपानले अहिले अवस्था स्थिर रहेको जनाएका छन् ।
घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए भने उनकी आमाको उपचारको क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति:२०७९ फागुन ५, बिहान ६:१९ बजे

