कान्ति बाल अस्पतालमा रोजगारीको अवसर 

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालमा चिकित्सक, बायोमेडिकल इन्जिनियर, नर्सहरुको लागि रोजगारीको अवसर खुलेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर र १७ जना स्टाफ नर्सका लागि दरखास्त आव्हान गरेको छ । आगामी १८ मंसिरसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ । प्रकाशित मिति: २०८२ मङ्सिर ५ […]

उमेर अनुसार कस्तो र कति मासु खाने ?

नेपाल स्वास्थ्य, माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ । मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । जसको सेवनले मानिसलाई निकै […]

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्नुपर्छ: मुख्यमन्त्री आचार्य

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए। ‘प्रादेशिक अस्पतालका सेवा दुई […]

मेमोग्राफी मेसिन खरिदमा डा.संगीतासहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्धा

नेपाल स्वास्थ्य,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.संगीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अन्य प्रतिवादीहरूमा स्वास्थ्य सेवा विभागका […]

दुषित पानीले पार्ने असरहरु

कृष्णकुमार सैंजु, स्वच्छ पानीको लागी विश्वमै दोस्रो धनी देश नेपाल भएतापनि अधिकांश पिउने पानिको मुहान कथा कुवाहरू खुल्लावा बाहिरी बगेको पानी मिसिने खालको छ । त्यसैले दैनिक प्रयोग गर्ने वा पिउने पानिको उच्चिक ध्यान दिन आवश्यक छ । पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खानाजस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ […]

मानव स्वास्थ्यमा स्वस्थ भोजनको भूमिका

डा. नविन पौडेल, स्वस्थ जीवनशैलीको आधार भनेकै स्वस्थ आहार हो। मानव स्वास्थ्यलाई सुदृढ र रोग मुक्त राख्नका लागि उचित तथा पोषणयुक्त खाना अत्यन्तै महत्त्वपूर्ण छ। स्वस्थ खाना खाँदा मात्र शरीरलाई आवश्यक ऊर्जा, पोषण, र रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुन्छ। स्वस्थ खानाको महत्त्व: स्वस्थ खाना भनेको शरीरलाई आवश्यक पर्ने सबै पोषण तत्वहरूको उचित मात्रा भएको खानालाई […]

पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले पछिल्लो समय रगत […]

कविता- अस्पतालबाट घाइते उठेको छैन

अन्वेषण अधिकारी अस्पतालबाट घाइते उठेको छैनखरानी भर्भराउँदो छसहीदको शव उठेको छैन गोली खाएको जवानसँगअझै बर्दी भिर्ने हिम्मत जुटेको छैन आमाका आँखा ओभाएकै छैनन्जो मरेपनि उनकै सन्तान हुन्आँशुका धारा टुटेको छैन यो सन्नाटामा काल पनि बौलाएर हाँस्छजब दुलोबाट टाउको उठाएरहत्याराले भन्छ :“हामी फेरि उठ्छौंहाम्रो मनोबल टुटेको छैन “ प्रकाशित मिति: २०८२ भाद्र ३१ गते, दिउँसो १:३९ […]

कसरी गर्ने शिशु र सुत्केरीको हेरचाह ?

जन्मेको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था भनिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो । तर, यो अवस्था आमा र शिशुका लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरका लागि अपाङ्ग हुने सम्भावना हुन्छ । त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र […]

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको तेस्रो वार्षिक उत्सव सम्पन्न

नेपाल स्वास्थ्य,राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजनामा एशोसियसनको तेस्रो वार्षिक उत्सव रुपन्देहीमा सम्पन्न भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश भट्टराईले आयुर्वेदको विकासका लागि केन्द्रदेखि स्थानीय तहसम्म अपनत्व हुने गरी नीति, नियम र ऐन, कानून बनाउनुपर्नेमा जोड […]