उपभोक्ता अदालतको निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा

नेपाल स्वास्थ्य, उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम गरेका उनीहरुले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् । त्यस्तै असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् । […]

गुल्मी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपाल स्वास्थ्य, गुल्मीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसाार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चितता सहित स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा आयोजना गरेको एक समारोहकाबीच गुल्मीलाई पूर्णखोप जिल्ला घोषणा गरिएको हो। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप दिगोपना सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित […]

नुन र रक्तचापको सम्बन्ध

डा. ओममूर्ती अनिल, अत्याधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ । दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुदैन । तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु उल्टै […]

स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारीमात्रै

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमामा अब ‘प्रथम सेवा विन्दु’ सरकारीमात्रै हुने भएको छ। बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो। यो नयाँ व्यवस्था २०८२ श्रावन १ गतेदेखि लागू हुनेछ । प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा […]

ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

नेपाल स्वास्थ्य, काठमाडौंको ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतले फैसला गरेको छ । बिरामी वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैतमा मुद्दा दर्ता गराएकी थिइन् । उपभोक्ता अदालतका रामप्रसाद शर्मा, […]

कक्षा ६ मा पढ्ने सबै बालिकालाई ‘एचपीभी’ खोप दिइने

नेपाल स्वास्थ्य, कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन् । यो खोपको काम ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण रोक्ने हो । यो भाइरस यौन सम्बन्धबाट […]

जब चिकित्सकको बिदाइमा सबै भावुक बने…

नेपाल स्वास्थ्य, बुधबार दिउँसो ४ बजे । धुमिल मौसम । आकाशको पानी जमिनमा टेक्नै आँटेको छ । पहाडी जिल्ला गुल्मीको सरकारी अस्पतालमा कार्यरत एक चिकित्सकको बिदाइमा अस्पतालका कर्मचारी वर्षातको मौसमजस्तै मलिन भावमा कार्यालय प्रमुखको कार्यकक्षमा जम्मा हुन्छन् । धेरैका अनुहारजस्तै अस्पतालबाट बिदाइ हुन लागेका डा. हिमाल थापाको अनुहार पनि सदाको जस्तो चम्किलो र हसिमुख छैन […]

लुम्बिनी प्रदेशको बजेटमा के के छन् त स्वास्थ्यका विषय?

अनिता कुँवर, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ […]

सरुवा भएका कर्मचारी तीन दिनभित्र काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरा सहितको पत्र पठाएको हो […]

पाल्पाको रिमिघा लेक क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

नेपाल स्वास्थ्य, पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ। रम्भा गाउँपालिको फोक्सिङ्कोट र पीपलडाँडा क्षेत्रमा पर्ने रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले पुष्टि गरेको हो। सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो। यार्सागुम्बामा औषधिजन्य गुण हुने […]