नेपाल स्वास्थ्य,
६ घण्टा कृत्रिम श्वास दिएर शिशु बचाएकी जानकीलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फोन गरेका छन् । मन्त्री पौडेलले स्याबासी दिँदै उनको प्रशंसा गरेका हुन् । केही दिन पहिले बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउएकी थिइन् ।
सामाजिक सन्जाल फेसबुकमा स्वास्थ्यमन्त्री पौडेलले लेखेका छन्, ‘सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीहरूप्रति मेरो हृदयदेखि नै सम्मान छ। देशलाई साँच्चै तपाईंहरूजस्तै स्वास्थ्यकर्मीको खाँचो छ। तपाईंहरूको योगदानको पक्कै मूल्यांकन हुनेछ।’
प्रकाशित मितिः २०८२ साउन १५ गते, दिउँसो १२ः१७ बजे

