चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाको आग्रह

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
मौसम पूर्वानुमान महाशाखाले तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम विवरण हेर्नुहोस्:

मौसम पूर्वानुमान बुलेटिन  (Weather Forecast Bulletin)

जारी मिति: २०७९/०८/१३ गते बिहान ०६ː०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)

देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

२०७९ मंसिर १३ गते  (मंगलबार)

दिउँसो:  प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १४ गते  (बुधबार)

दिउँसो: देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १५ गते  (बिहीबार)

दिउँसो: प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पहाडी  आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श  (Warning/Advisory for next 24 hours):

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मितिः २०७९ मंसिर १३, विहान ८ः५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *