नेपाल स्वास्थ्य डटकम,
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाको लागि लिइने एकीकृत प्रवेश परीक्षा तालीका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दे यहि असोज १४ र कार्तिक १४ मा प्रकाशित सूचना बमोजिम यहि मंसिर ९ गते कार्यालय समयभित्र अनलाइन आवेदन पेस गरी आवेदन स्वीकृत भएका परीक्षार्थिहरुको एकीकृत प्रवेश परीक्षा संचालन गरिने उल्लेख गरेको छ ।
प्रवेश परीक्षा आगामी पुस २ गतेदेखि ४ गतेसम्म हुनेछ ।


प्रकाशित मितिः २०७९ मंसिर १३, दिउँसो ४ः१० बजे

