वातावरण विभागको आग्रह- प्लास्टिकजन्य फूलको प्रयोग नगर्नुहोस्

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य

वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गर्दे आज सूचना प्रकाशन गरेको छ ।
नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध भन्दै मन्त्रालयले सूचना जारी गरेको छ ।
सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन दफा २२ को उपदफा ४ को खण्ड क वा ख बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरवबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा २ बमोजिम विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरवानासम्म हुने विभागले जनाएको छ।
हेरौं विभागको सूचना

Photo Courtesy: DAWN.com

प्रकाशित मितिः २०७९ कार्तिक ३ गते, विहान ८ः२४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *