नेपाल स्वास्थ्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्नेछन् । परीक्षा आगामी जेठ २६ का लागि तोकिएको अस्पतालले उल्लेख गरेको छ ।

प्रकाशित मिति: २०८१ जेठ १२, दिउँसो १२:०१ बजे

