नेपाल स्वास्थ्य, नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अधिवेशन आगामी पुस १० देखि १२ गतेसम्म लुम्बिनी प्रदेशमा हुने भएको छ। कार्यबाहक अध्यक्ष रमिला चौलागाईंको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो।
संघका अनुसार हालसम्म ४० भन्दा बढी जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् भने बाँकी जिल्लाहरूमा पुसको पहिलो साताभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भएको छ।
प्रकाशित मिति: २०८२ मङ्सिर २५ गते, दिउँसो १:३० बजे

