नेपाल स्वास्थ्य,
अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका – २०७९ सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले एक कार्यक्रमकाबीच निर्देशिका सार्वजनिक गरेको हो ।
निर्देशिकामा प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपाङ्गतामैत्री हुनुपर्ने,अपाङ्गताका वर्गीकरण अनुसार अनुकुल र उपयुक्त विधिबाट सेवाका बारे जानकारी गराई सेवाग्राहीलाई आफै निर्णयमा पुग्न सहयोग गर्नुपर्ने, सेवाग्राहीको मनोवल गिराउने, असहज लाग्ने वा आत्म सम्मानमा ठेस पुग्ने र विभेद महशुस हुने शब्द, हाउभाउ वा संकेत प्रयोग गर्न नहुने जस्ता कुरा निर्देशिकामा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः २०७९ पुस १२ गते, बिहान १०ः४७ बजे

