भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको राजधानी रहेको भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि मुख्यमन्त्री आचार्यले विशिष्टीकृत सेवासहितको अस्पताल उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: २०८२ बैशाख १६ गते, बिहान ६:३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *