यो वर्षको अन्तिमदेखि एचपीभी खोप दिने सरकारको तयारी 

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, सरकारले सन् २०२४ को अन्तिमदेखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपीभी खोप दिने तयारी गरेको छ । पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’विरुद्धको खोप अब लक्षित उमेरका सबैलाई दिन लागिएको हो ।

नियमित खोप तालिकामा समेटेर १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई सो खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ । यही वर्षको अन्त्यदेखि नै एचपीभी खोप तोकिएको उमेरका किशोरीमा दिने गरी तयारी थालिएको छ । खोप आयातका लागि दातृनिकाय गाभीसमक्ष पठाइएको प्रस्तावको जवाफ सकारात्मक भएको विभागका महानिर्देशक डा. संगीता कौशल मिश्राले बताइन् ।

प्रकाशित मिति: २०८० माघ २२ गते, बिहान ५:०१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *