लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन अस्पतालले यो सेवा सुरु गरेको हो । उक्त सेवाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले गरेका हुन् ।

२८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताएका थिए ।

प्रकाशित मिति: २०८० माघ २६ गते, बिहान ५:०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *