विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक
नेपाल स्वास्थ्य, नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाई विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठका अनुसार पछिल्लो समय मनसुन भित्रिसकेको […]

