डेंगी रोग बढ्न सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गर्दे नेपालमा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकुल अवस्था बन्न सक्ने र संक्रमितको संख्यामा बढोत्तरी हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले गत ६ महिनामा १२४१ जना डेंगीका बिरामी ७२ वटा जिल्लाहरुबाट प्रतिवेदन भएको जनाएको छ ।

हामी सबैको साझा प्रयासले मात्रै डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले संवेदनशील आ-आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।


प्रकाशित मितिः २०८१ असार ९ गते, बिहान १०ः१० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *