प्यूठानको नारीकोटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ७ नारीकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। वडा कार्यालयको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

गौमुखी गाउँपालिका वडा नं. ७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि., बुटवल र निमतारा पोलिक्लिनिक, विजुवार प्यूठानको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। शिविरमा ८ जना विशेषज्ञ चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए।

प्रकाशित मिति: २०८३ जेठ २४ गते, दिउँसो १:५१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *