स्वास्थ्यमन्त्री पुनद्धारा निर्माणाधिन २५ शैया अस्पताल भवनको निरीक्षण

नेपाल स्वास्थ्यलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले रोल्पाको थवाङ गाउँपालिकामा निर्माणाधिन रहेको २५ शैया अस्पताल भवनको स्थलगत निरीक्षण गरेका छन् । फोटो सौजन्यः स्वास्थ्य मन्त्रीको सचिवालय प्रकाशित मितिः २०८१ असार २ गते, बिहान ७ः४४ बजे

लुम्बिनी प्रदेशको बजेटमा यी हुन् स्वास्थ्यतर्फ समेटिएका विषय

सपना महत, नेपाल स्वास्थ्य डटकम लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फका विभिन्न योजना बजेटमा समेटिएका छन् । नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न […]

दाँतलाई चम्किलो र स्वस्थ बनाउने घरेलु उपाय

हाम्रो सामान्य दैनिक जीवनमा दाँतको स्वास्थ्यले महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरूले हाम्रो सामान्य स्वास्थ्य जाँच्न मात्र मद्दत गर्दैनन् हाम्रो खानपान र जीवनशैलीको प्रतीक पनि हुन्। राम्रो दाँतले हामीलाई खाना राम्ररी चपाउन र स्वस्थ खानाको आनन्द लिन मद्दत गर्छ। यसका साथै सुन्दर दाँत हुनु हाम्रो सुगन्धित मुस्कानको कारण हो, जसले हाम्रो सामाजिक जीवनमा पनि महत्वपूर्ण भूमिका खेल्छ […]

मृत्यु, जीवनको पहिलो पाठशाला (कविता)

निष्प्रभ सजी मृत्युसधैं थियो हामी बीचसँधै रहनेछ हामी बीचहामीले बाँच्नु पर्ने जीवन किन्न निस्किँदाबिर्सिएका हुनसक्छौं यसको उपस्थितिबनाएका हुनसक्छौं बनाउन नपर्ने जीवन तालिकाबुनेका हुन सक्छौं बुन्न नपर्ने सपनात्यैसैले ऊ आइरहन्छ सम्झाउनहामीलाई भत्काउनहामीलाई उधार्नऊआइरहन्छहामीलाई सिकाइरहनबारम्बार भनिरहनमाया बाँडेर बाँचिरहनपर्दैन सपना सँचिरहनदुःख लिएर त म आउने नै छु ।सिक, छातीमा टाँसिरहन ! प्रकाशित मितिः २०८१ जेठ ३२ गते, बिहान […]

मिर्गौलामा पत्थरी हुने डर छ? यी कुराबाट टाढा रहनुहोस्

मृगौलामा पत्थरी भएमा शरीरमा धेरै समस्याहरु आउन थाल्छन् । मृगौलाको पत्थरी भएका बिरामीले यस्तो दुखाइ अनुभव गर्छन् कि कहिलेकाहीँ सहनै नसक्ने हुन्छ। यदि तपाइँ वा तपाइँको वरपर कोही मिर्गौलाको पत्थरीबाट पीडित हुनुहुन्छ भने तपाइँलाई थाहा छ कि यसले शरीरलाई कति समस्या दिन्छ। यदि तपाईको जीवनशैली खराब छ र तपाई मिर्गौलाको पत्थरीको समस्याबाट बच्न चाहनुहुन्छ भने […]

फर्मासिस्टको लाइसेन्स परीक्षामा ११.७५ प्रतिशत मात्रै उत्तीर्ण

नेपाल स्वास्थ्य, नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । बी फार्मेसीको लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए जसमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् । नेपाल फार्मेसी परिषद्ले गत जेठ २६ गते लाइसेन्सको परीक्षा लिएको थियो । यस पटक न्यून प्रतिशतमा परीक्षार्थी उत्तीर्ण भएका छन् । […]

अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

नेपालगञ्ज – बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए। उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, […]

खोरेत रोगबाट पशुहरुलाई कसरी जोगाउने?

खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो। यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग भनिएको हो । यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ। यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन्। यदी […]

६८ जिल्लामा देखियो डेंगी

नेपालका ६८ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यही २०२४ को जुन २ सम्म ६८ जिल्लामा डेंगी पुष्टी भएको जनाएको हो । जसबाट एक हजार ४८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने जिल्लामा काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा धेरै संक्रमित हुनेमा काठमाडौंमा ९९, झापामा […]

गुल्मीमा आई.पि.भि.खोप अभियान शुभारम्भ

नेपाल स्वास्थ्य, स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिका गुल्मीबाट पोलियो रोग बिरुद्दको आई.पि.भि. खोप अभियान शुभारम्भ भएको छ । उक्त खोप अभियानको जिल्ला खोप समन्वय समितिका संयोजक तथा गुल्मी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । प्रकाशित मितिः २०८१ जेठ २१ गते, बिहान ७ः४२ बजे