मानव स्वास्थ्यमा स्वस्थ भोजनको भूमिका

डा. नविन पौडेल, स्वस्थ जीवनशैलीको आधार भनेकै स्वस्थ आहार हो। मानव स्वास्थ्यलाई सुदृढ र रोग मुक्त राख्नका लागि उचित तथा पोषणयुक्त खाना अत्यन्तै महत्त्वपूर्ण छ। स्वस्थ खाना खाँदा मात्र शरीरलाई आवश्यक ऊर्जा, पोषण, र रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुन्छ। स्वस्थ खानाको महत्त्व: स्वस्थ खाना भनेको शरीरलाई आवश्यक पर्ने सबै पोषण तत्वहरूको उचित मात्रा भएको खानालाई […]

कसरी गर्ने शिशु र सुत्केरीको हेरचाह ?

जन्मेको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था भनिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो । तर, यो अवस्था आमा र शिशुका लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरका लागि अपाङ्ग हुने सम्भावना हुन्छ । त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र […]

जलनमा पानीको महत्व कति छ ?

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

नुन र रक्तचापको सम्बन्ध

डा. ओममूर्ती अनिल, अत्याधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ । दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुदैन । तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु उल्टै […]

अस्पताल- एक वृद्धाश्रम

अनुश्री बुवाआमाको आफ्नो घर छ, तर जीवनमा शीतलता छैन।जोडेको सम्पत्ति छ, तर एक मानो पकाएर खाने तागत छैन। सन्तानहरू छन्, तर दुःखमा कसैको साहारा छैन। म यस जिल्ला अस्पतालमा करिब १० महिना भयो काम थालेको। यस अवधिमा मैले यस्ता धेरै घटनाहरू देखेँ, जहाँ बुवाआमाको माया सन्तानप्रति थियो र सन्तानको‌ अपार माया आमाबुवाप्रति देखिन्थ्यो। तर केही […]

बाल पोषणः मुगुदेखि मन्त्रालयसम्म

डा. अरुणा उप्रेती , केही वर्ष पहिले मुगु अस्पतालमा पुग्दा बच्चालाई खुवाउने पिठोका बट्टाहरू बाटोमा फ्याकेको देखें । बट्टामा लेखिएको रहेछ, ‘नेपालको स्वास्थ्य मन्त्रालयका लागि विशेष रूपले बनाइएको’ गहुँ, चिनी र भटमासको त्यो मिश्रण भारतको उडिसामा बनेको रहेछ । नेपालका बालबालिकालाई कुपोषणबाट मुक्त गर्न दिइने पिठो भारतबाट ल्याउनुपर्ने अचम्मको कुरा होइन र ?मुगु र जुम्ला […]

मुख तथा दाँत स्वास्थ्यबारे जान्नैपर्ने कुरा

डा. पुष्कर काफ्लेनेपाल एक विकाशन्मुख मुलुक हो । त्यसैले सबै क्षेत्रमा जस्तै शिक्षामा पनि त्यसै अनुरुपको क्रमिक विकास हुदैं गएको देखिन्छ । यसकै कारणले नेपालमा समान रुपमा विकासका अवयहरु संचालन हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, विकास, रोजगारी जस्ता शहरमा मात्र केन्द्रित हुदाँ गाउँका दुरदराज र विपन्न वर्गमा सहि किसिमले विकास र चेतनास्तर उन्नत बन्न […]

पूर्ण छात्रवृत्तिको एमडी पढ्न छोडेर काठमाडौंबाट किन आएँ डोल्पा ?

डा. रोजी थपलिया, तराईको सामान्य परिवारमा हुर्केकी एसएलसीमा जिल्ला प्रथमदेखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिसकेकी हुँ । पोस्ट ग्र्याजुएटका लागि मैले पाएको पूर्ण छात्रवृत्तिको सिट त्यागेर ग्रामीण नेपालको हिमाली जिल्लामा कर्णाली लोक सेवाबाट ६ भदौ २०८१ मा डोल्पा सिफारिस भएँ । डोल्पाली मट्टीमा कर्णालीको बहावसँगै बादलभन्दा माथिमाथि हुँदै शहरको तडकभडक छोडेर सोझा साझा जनताको घाउमा मलम […]

विधुतीय दुर्घटना, सावधानी तथा सुरक्षाका उपायहरु

ई.खिलनाथ अर्याल, हाम्रो दैनिक जीवनमा विधुतले निर्वाह गरेको योगदान र भूमिकालाई क्षणभरको लागि पनि त्याग्न सक्ने अवस्था छैन । जति संसारभर भौतिक सुख सुविधा र नयाँ नयाँ आविष्कार भैरहेका छन् बिजुलीको माग र अपरिहार्यता पनि दिनानुदिन बढेको छ । विधुतको उपयोगिता र अपरिहार्यताका साथ जोखिम पनि बढी नै छ । यदि सावधानी र सुरक्षा अपनाउनमा […]

कसरी जागरुक बन्ने उपभोक्ता आफ्नो स्वास्थ्यमा ?

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]