नुन र रक्तचापको सम्बन्ध

विचार/ब्लग हेडलाइन्स

डा. ओममूर्ती अनिल, अत्याधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ । दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुदैन । तर नुन खाँदै नखानु वा अत्यन्तै कम खानु उल्टै हानिकारक हुनसक्छ ।


नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । हाम्रो समाजमा नुनसँग धेरै गलत धारणाहरु गाँसिएका छन् । यसकारणले कहिलेकाँही नुन कम खाएर बेहोस हुनगई बिरामीलाई अस्पताल पुऱ्याउनु परेको धेरै घटनाहरु पनि हामीले देख्ने गरेका छौं ।


नुन धेरै नै कम खायो भने सोडियमको मात्रा रगतमा कम कहिलेकाँही नुनको कमीले बिरामीको अवस्था सिकिस्त भएर ज्यान पनि जानसक्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, Low Sodium नुनको सट्टामा मसला र कागतीको प्रयोग गर्ने आदि BP नियन्त्रण गर्ने सरल उपायहरु हुन् । नुनको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ । – National Cardiac Center बाट।

प्रकाशित मिति: २०८२ असार १९ गते, बिहान ६:४४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *