नेपाल स्वास्थ्य, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स मागेको छ। अस्पतालले एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ। योग्य उम्मेदवारहरूले आगामी २५ जेठ देखि असार १ गते सम्म बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका व्यक्तिहरूले लागि आवेदन दिन पाउने छन्।
प्रकाशित मिति: २०८२ जेठ २५ गते, बिहान ६:३९ बजे

