ई.खिलनाथ अर्याल, हाम्रो दैनिक जीवनमा विधुतले निर्वाह गरेको योगदान र भूमिकालाई क्षणभरको लागि पनि त्याग्न सक्ने अवस्था छैन । जति संसारभर भौतिक सुख सुविधा र नयाँ नयाँ आविष्कार भैरहेका छन् बिजुलीको माग र अपरिहार्यता पनि दिनानुदिन बढेको छ । विधुतको उपयोगिता र अपरिहार्यताका साथ जोखिम पनि बढी नै छ । यदि सावधानी र सुरक्षा अपनाउनमा थोरै मात्र कमजोरी हुन गएमा क्षणभरमै अमूल्य जीवन नाश हुनसक्छ, अपार धनजनको विनाश हुनसक्छ । तसर्थ कदम कदममा होशियारीपूर्वक कार्य गर्नु, सुरक्षा नियमनहरू पालना गर्नु नितान्त आवश्यक छ । यदी विधुतीय दुर्घटना हुन नदिनको लागि अवलम्बन गर्नु पर्ने सावधानी अपनाउने हो भने जनधनको क्षती हुनबाट बच्न सकिन्छ ।
दुर्घटनाका मुख्य कारणहरु:
– विधुत चोरी :- थाेरै मात्र पैसा बचाउने लाेभमा वा अरूले गरेकाे देखेर हुकिंग गरि विद्युत चाेरी गर्ने क्रममा अकल्पनिय दुर्घटना हुन जान्छ ।
– सुरक्षा उपकरण प्रयोग नहुनु :- विजुलिकाे काम गर्दा हाेस वा घरायसी कार्यकाे लागि विधुत प्रयाेग गर्दा, सुरक्षा उपकरणहरूकाे प्रयाेग गर्नु नितान्त आवश्यक पर्छ तर अपर्याप्त वा अज्ञाननतावस सुरक्षा उपकरणहरूकाे यथाेचित प्रयाेग हुन सकिरहेकाे छैन ।
– जनचेतनाको कमी :- विजुलीलाइ सर्वसाधारणले सामान्यरूपमा हेर्ने चलन छ । विद्युत प्रवाह र यसले पुर्याउने असरका बारेमा यथेष्ट चेतनाकाे कमि देखिन्छ । कतै तारमा लुगा आदि सुकाउने त कतै रूखले छुनेगरि तार लगिएकाे देख्न सकिन्छ, जुन अत्यन्त घातक हुनसक्छ ।
– दक्ष जनशक्तिको प्रयोग नहुनु :- दक्ष जनशक्तिकाे अभाव वा प्रयाेग गर्न नसक्नु पनि दुर्घटनाकाे एक प्रमुख कारण हाे ।
बच्ने उपायहरु :-
– सावधानी
– सुरक्षा उपकरणको प्रयोग
– जनचेतना बढाउने
– दक्ष जनशक्तीको मात्र प्रयोग
– Use of Safety Equipment (MCB/MCCB)
– गुणस्तरिय विद्युतीय सामाग्रीको प्रयोग
– सर्भिस तारमा कपडा सुकाउने कार्य नगरौं ।
– विधुतीय उपकरणहरुको अर्थिङ्ग गराैं ।
– विधुतीय उपकरणहरु चालु अवस्थामा छोडी अन्य कार्यहरुमा व्यस्त नहोऔं ।
– घरको वाइरिङ्ग गर्दा गुणस्तरीय वाइरिङ्ग तारकाे प्रयाेग गराैं ।
-अन्य सामाग्रीहरूकाे गुणस्तर र क्षमता राम्ररी वुझेर मात्र प्रयोग गराैं ।
– नाङ्गो खुट्टा र चिसो हातले विद्युुतीय उपकरणहरु नछोऔं ।
– विधुतीय पोल, स्टे आदी संरचना नछोऔं ।
– मोवाइल फोन चार्ज गरी रातभरी नछोडौं ।
-इन्भेष्टोपेपर डटकमबाट
प्रकाशित मितिः २०८१ फागुन १९ गते, राती १०ः०५ बजे

