नेपाल स्वास्थ्य डेस्क,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक अनुरोध पत्र जारी गर्दे कार्यालय समयमा पूरा बाहुला भएका पोसाक लगाउन कर्मचारीलाई आग्रह गरेको छ । मन्त्रालयले देशभर डेंगीको प्रकोप बढ्दै गएकोले यसको व्यवस्थापन तथा नियन्त्रण गर्नको लागि कार्यस्थल वरिपरी निरन्तर सफा राख्न र पोसाक लगाउँदा बाहुला भएका पूरा पोसाक लगाउन सम्पूर्ण कर्मचारीमा अनुरोध गरेको हो ।
नेपालभर डेंगीको प्रभाव नियन्त्रण गर्न सरकारले ‘खोज र नष्ट गर’ अभियान संचालन गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ भाद्र २७

