कसरी जागरुक बन्ने उपभोक्ता आफ्नो स्वास्थ्यमा ?

विचार/ब्लग हेडलाइन्स


अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो ।

नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ । यसर्थ पनि बुझ्न सकिन्छ कि राज्यले यस विषयलाई राम्रै महत्व दिएको छ । तर यो भन्दै गर्दा आज हामी उपभोक्ताको स्वास्थ्यमा कत्तिको जिम्मेवार छौ ? यसका लागि सबै आ आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्नुपर्ने देखिन्छ । खासगरी राज्यका निकाय, उपभोक्ता स्ंवयम् । नेपालमा उपभोक्ताको सरोकारको विषय लामो समयदेखि उठिरहेको विषय हो तरपनि यसको विषयवस्तुको ठिक तरिकाले सम्बोधन हुन नसकिरहेको तितो याथार्थता भने विधमान नै रहेको देखिन्छ ।

आम नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको उपभोक्ता स्वास्थ्यबारे बेलाबेलामा बहस भैरहेको देखिन्छ । तरपनि आम उपभोक्ता यसबारे पूर्ण रुपमा सचेत भने भएको देखिदैंन । जसले गर्दा उपभोक्ता गम्भिर किसिमका स्वास्थ्य समस्याबाट पीडित बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ । दैनिक रुपमा उपभोग्य सामाग्रीको भ्याद गुज्रने, राम्रोसँग उपभोग्य मिति लेवल नगरिने, उचित तापक्रममा भण्डारण नगरिने, अखाध वस्तुको मिसावट गर्ने, हानिकारक केमिकल्स तथा रसायन प्रयोग गर्ने जस्ता कार्यले उपभोक्ताको स्वास्थ्यमा जटिलता निम्त्याइरहेका छन् । यस्ता किसिमका प्रवृत्तिले आम मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । राज्यले बजारको नियमित अनुगमन तथा मुल्याकंनलाई तिव्रता दिनुपर्ने आवश्यकता तड्कारो रुपमा देखिन्छ भने अर्कोतर्फ स्वयंम उपभोक्ताले पनि यसमा विशेष चासो तथा सरोकार राख्नुपर्ने हुन्छ । नागरिक सचेत भएरमात्रै यसको सहि रुपमा अर्थ भेटिन्छ ।

आज जसरी धेरै मानिस रोगको चपेटामा परिरहेका छन् त्यसको कुनै न कुनै रुपमा उपभोग्य वस्तुको पनि भूमिका रहेको देखिन्छ । खासगरी सरकार उपभोक्ताको हितको लागि चाडपर्वमा मात्रै बजार अनुगमन नगरेर नियमित बजार अनुगमनमा सक्रिय रुपमा लाग्नुपर्ने देखिन्छ । स्वास्थ्यप्रति सचेत बन्दै उपभोग्य बस्तुको उपभोग गरेमात्रै व्यक्ति, परिवार, समाज र समग्र राष्ट्र स्वस्थ्य बन्न सम्भव छ ।

प्रकाशित मितिः २०८१ फागुन १२ गते, बिहान ७ः५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *