नेपाल स्वास्थ्य,
दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले शिशुहरुलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँदछ । दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्रि पत्रहरुमा संक्रमण गर्दछ । जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटिमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ । यसले गर्दा बच्चामा अरु संक्रामक रोगहरु हुने सम्भावना पनि बढाई दिन्छ ।
दादुराको रोकथाम तथा उपचार कसरी गर्ने?
– हाछ्युँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने,
– व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने जस्तै हाछ्यँु गरेपछि साबुन पानीले मिचिमिचि हात धुने,
बच्चालाई भिडभाड भएका सार्वजनिक ठाउँहरुमा नलैजाने र नपठाउने। सकेसम्म घरभित्रै राख्ने । बस्ने कोठामा हावाको आवत जावत हुने र घाम आउने गरी खुल्ला राख्ने,
– राष्ट्रिय खोप तालीका अनुसार दादुरा विरुद्ध बच्चालाई ९ महिना र १५ महिनामा गरी २ पटक मिजल्स रुवेला विरुद्धको खोप लगाउने ।
– रोग लागेको अवस्थामा साविकको भन्दा बढी पोषिलो खाना खुवाउने र दादुरा लाग्दा प्रतिरक्षा प्रणाली बढाउन भिटामिन ‘ए’ क्याप्सुल स्वास्थ्यकर्मी सल्लाह अनुसार खुवाउने ।
NHEICC को सहयोगमा ।
प्रकाशित मितिः २०७९ पुस २५ गते, बिहान ९ः०० बजे ।

