नेपाल स्वास्थ्य डटकम,
योगा एक पूर्ण विज्ञान हो जसले शरीर, मन, आत्मा र ब्रह्माण्डलाई एकताबद्ध गर्दछ। योगाको इतिहास निकै वर्ष पुरानो रहेको छ । योगलाई मन र शरीरको अभ्यासको रूपमा चिनिन्छ। हाल विश्वभरमा योगाले शारीरिक व्यायामको एक रूपको रूपमा आफ्नो स्थान बनाएको देखिन्छ । योगा आज संसारभर लोकप्रिय भएको छ जसले मस्तिष्क र शरीरको उचित तवरले नियन्त्रण र सन्तुलन गर्ने काम गर्दछ । योगा गर्ने तरिका र अभ्यासहरु भने धेरै प्रकारका हुने गर्दछन् ।
योगाका फाइदाहरुः
शरीरमा शक्ति निर्माण गर्न मद्दत गर्छ,
सम्पूर्ण शरीरका अंग–प्रत्यङ्गलाई स्वस्थ बनाउन सहयोग पृर्याउन्छ,
जोर्नीलाई स्वस्थ राख्न मद्दत गर्छ,
शरीरलाई लचकतदार बनाउन सहयोग गर्दछ,
तनाव कम गर्न सहयोग गर्दछ,
रक्तचाप कम गर्छ ।
यी धेरै प्रकारका फाइदा हने हुनाले मानिसले दैनिक जीवनमा योगा गर्न सके यसले स्वस्थ रहन धेरै सहयोग पृर्याउने गर्दछ ।
प्रकाशित मितिः २०७९ असोज ११, बिहान ८ः५५ बजे

