बर्दिया अस्पतालमा एकैदिन १४ बिरामीको शल्यक्रिया

नेपाल स्वास्थ्य, बर्दिया अस्पतालमा एकैदिन १४ जना बिरामीको पाठेघर सम्बन्धी समस्याको सफल शल्यक्रिया भएको छ । अस्पतालले १४ जनाको आङ खसेको र मासु पलाएको समस्या भएका बिरामीको सफल शल्यक्रिया गरेको हो । गत शनिबार १३ जनाको निःशुल्क र एक जनाको न्युनतम शुल्क लिएर अप्रेशन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुबास पाण्डेले बताए । शल्यक्रिया लागि कोहलपुरबाट वरिष्ठ […]

भान्सामै आयुर्वेदिक औषधि

डा. मिथिलेशकुमार शाह, आयुर्वेदमा आचार्य चरकको एउटा भनाइ चर्चित छ– जसरी नगरप्रमुखले आफ्नो नगरको आवश्यकताको समाधान सधैँ गर्दछन् र सतर्क रहन्छन् । जसरी सारथिले रथलाई सावधानीपूर्वक राम्रो मार्गबाट अघि बढाउँछन् । त्यसरी नै एउटा बुद्धिमान व्यक्ति शरीरका सबै क्रियाहरूको समग्र सम्पादनका लागि सदैव सचेत रहनुपर्ने हुन्छ । अहिले, मानिसले आफ्नो शरीरको ख्याल नराख्दा विभिन्न स्वास्थ्य जटिलता उत्पन्न भएका […]

स्वास्थ्यमन्त्रीलाई खुला पत्र

द्रोण विक्रम पंन्थीमाननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार तपाईले स्वास्थ्य मन्त्रालय सम्हालेको थोरै समयमा पनि स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न स्रहानिय काम गरिराख्नुभएको कुरा हामि सबैलाई अवगत नै छ।तपाइको कार्यकालमा उल्लेखनीय प्रगति हुनेमा हामि सबै आशाबादी रहेका छौं। यहि अबधीमा तपाइले अगाडी बढाएका  विभिन्न कामहरु मध्येको एउटा महत्वपूर्ण काम बायोमेडिकल औजार उपकरण मर्मतसंग सम्बन्धित काम हो जसमा  वीर […]

रुपन्देहीमा १६०० युनिट रगत संकलनको लक्ष्य

नेपाल स्वास्थ्य, नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा रुपन्देहीले “मानवीय सेवामा समर्पित अभियान” भन्ने नाराका साथ रक्तदान जीवनदान अभियान सुरु गरेको जनाएको छ। अभियान अन्तर्गत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ। गत शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हटाउने बताएका हुन् […]

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्धारा इसिजी मेसिन हस्तान्तरण

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिका अन्तर्गत रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीलाई इसिजी मेसिन हस्तान्तरण गरेको छ । पालीकाका प्रमुख यदु ज्ञवाली ‘सन्तोष’ ले उक्त मेसिन केन्द्रलाई हस्तान्तरण गरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनाएका छन् । गाउँपालिकाले स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको मेसिन उक्त केन्द्रलाई उपलब्ध गराएको हो । यो मुटुको चेकजाँचमा […]

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल स्वास्थ्य, दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् । यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको […]

पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदैं मदाने गाउँपालिका

नेपाल स्वास्थ्य, गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच पालिकाबासीलाई रगतमा लाग्ने सेवा शुल्क निःशुल्क गराउने सम्झौता भएको हो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवाले रगतमा लाग्ने सेवा शुल्क निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले […]

गुल्मीको छत्रकोट जिपलाइन उद्घाटनमा हेल्थ डेक्स (फोटोफिचर)

नेपाल स्वास्थ्य, गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरी जिपलाइन निर्माण कार्य गरिएको हो । यसैबीच जिपलाइनको उद्घाटन समारोहमा हेल्थडेक्स संचालन गरिएको छ । हेल्थडेक्समा औषधीसहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोखरेलले जानकारी दिए । पालीकाको स्वास्थ्य शाखाको समन्वयमा हेल्थ […]

दाङमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले माग्यो भारी संख्यामा कर्मचारी

नेपाल स्वास्थ्य, दाङको घोराहीमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। उसले चिकित्सक, नर्स, पारामेडिक्स, बायोमेडिकल इन्जिनियर, प्रशासनका कर्मचारी लगायतमा भारी संख्यामा विज्ञापन गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गर्दे उक्त जानकारी दिएको हो । अस्पतालले सबै गरी करिब ८२१ जना कर्मचारी माग गरेको हो । प्रकाशित मितिः २०८१ […]

प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

नेपाल स्वास्थ्य, प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर प्यूठान नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय प्यूठानले गरेको छ । ४० वर्ष उमेर पुगेका नागरिकको लागि विभिन्न किसिमका परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । महोत्सवमा आउनेहरुको ब्लड प्रेशर, सुगर तथा मृगौलाको स्क्रिनिगं समेत गरिएको जनाइएको छ । फोटो सौजन्यः झुलेनी पोष्ट […]