स्वास्थ्य मन्त्रालयको विज्ञप्तीः एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस 

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । 

“जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मितिः २०८१ पौष २५ गते, बिहान ७ः०१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *