रोल्पामा आधारभूत खोप तथा सरसफाइ प्रवर्द्धन तालीम सम्पन्न

नेपाल स्वास्थ्य, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा खोप कार्यमा संग्लन हुने स्वास्थ्यकर्मीका लागि ४ दिने आधारभूत खोप तथा सरसफाई प्रवर्द्धन तालीम सम्पन्न भएको छ । तालीम स्वास्थ्य कार्यालय रोल्पाको सभाहलमा सम्पन्न भएको हो । तालीममा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । तालीम यहि पौष ३ गतेदेखि ६ गतेसम्म […]

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे । त्यस्ता सूचना प्राप्त भएमा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा […]

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूतिका लागि छुट्टै अपरेशन थिएटर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रमुख डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै […]

नागरिकका गुनासो सुन्न स्वास्थ्य मन्त्रालयको ‘हेलो हेल्थ’

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल र हुलाकबाट समेत पठाउन सक्नेछन् […]

गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाई

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको  मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। उनले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकीकृत गौशाला निर्माण गरेर […]

इन्जिनियर श्रेष्ठ भन्छन्ः ‘कम शुल्कमै सरकारी कलेजमा बायोमेडिकल इन्जिनियर पढाउन सकिन्छ’

नेपाल स्वास्थ्य डेस्क, नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको विधाबारे आम रुपमा प्रकाशमा आएको धेरै समय भएको छैन । स्वास्थ्य क्षेत्रको एक महत्वपूर्ण विधा रहेको यस विषय मेडिकल उपकरणसँग सम्बन्धित रहेको छ । आधुनिक चिकित्सा प्रणालीमा मेडिकल उपकरणको योगदान धेरै छ । बिरामीको रोगको उपचारमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाउने उपकरण वर्तमान स्वास्थ्य क्षेत्रमा मानव साधन जत्तिकै अत्यावश्यक भैसकेका […]

‘छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु’

नेपाल स्वास्थ्य, आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन् । उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भनिन्, ‘मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको […]

आफैले कसरी पहिचान गर्ने मुटु रोगको ?

डा. ओममूर्ति अनिल संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा […]

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

नेपाल स्वास्थ्य, सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । तत्कालका लागि विपन्न नागरिक औषधि उपचारबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ र […]

काठमाडौँ महानगरले माग्यो १०८ जना स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य, काठमाडौं महानगरपालिकाले करारमा १०८ जना स्वास्थ्यकर्मी माग गरेको छ।  महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै १०८ जना स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको पालिकाले जनाएको छ।  प्रकाशित मिति: २०८१ कार्तिक ७ […]