रुपन्देहीमा १६०० युनिट रगत संकलनको लक्ष्य

नेपाल स्वास्थ्य, नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा रुपन्देहीले “मानवीय सेवामा समर्पित अभियान” भन्ने नाराका साथ रक्तदान जीवनदान अभियान सुरु गरेको जनाएको छ। अभियान अन्तर्गत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ। गत शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हटाउने बताएका हुन् […]

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्धारा इसिजी मेसिन हस्तान्तरण

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिका अन्तर्गत रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीलाई इसिजी मेसिन हस्तान्तरण गरेको छ । पालीकाका प्रमुख यदु ज्ञवाली ‘सन्तोष’ ले उक्त मेसिन केन्द्रलाई हस्तान्तरण गरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनाएका छन् । गाउँपालिकाले स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको मेसिन उक्त केन्द्रलाई उपलब्ध गराएको हो । यो मुटुको चेकजाँचमा […]

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल स्वास्थ्य, दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् । यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको […]

पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदैं मदाने गाउँपालिका

नेपाल स्वास्थ्य, गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच पालिकाबासीलाई रगतमा लाग्ने सेवा शुल्क निःशुल्क गराउने सम्झौता भएको हो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवाले रगतमा लाग्ने सेवा शुल्क निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले […]

गुल्मीको छत्रकोट जिपलाइन उद्घाटनमा हेल्थ डेक्स (फोटोफिचर)

नेपाल स्वास्थ्य, गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरी जिपलाइन निर्माण कार्य गरिएको हो । यसैबीच जिपलाइनको उद्घाटन समारोहमा हेल्थडेक्स संचालन गरिएको छ । हेल्थडेक्समा औषधीसहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोखरेलले जानकारी दिए । पालीकाको स्वास्थ्य शाखाको समन्वयमा हेल्थ […]

दाङमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले माग्यो भारी संख्यामा कर्मचारी

नेपाल स्वास्थ्य, दाङको घोराहीमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। उसले चिकित्सक, नर्स, पारामेडिक्स, बायोमेडिकल इन्जिनियर, प्रशासनका कर्मचारी लगायतमा भारी संख्यामा विज्ञापन गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गर्दे उक्त जानकारी दिएको हो । अस्पतालले सबै गरी करिब ८२१ जना कर्मचारी माग गरेको हो । प्रकाशित मितिः २०८१ […]

प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

नेपाल स्वास्थ्य, प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर प्यूठान नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय प्यूठानले गरेको छ । ४० वर्ष उमेर पुगेका नागरिकको लागि विभिन्न किसिमका परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । महोत्सवमा आउनेहरुको ब्लड प्रेशर, सुगर तथा मृगौलाको स्क्रिनिगं समेत गरिएको जनाइएको छ । फोटो सौजन्यः झुलेनी पोष्ट […]

रोल्पामा आधारभूत खोप तथा सरसफाइ प्रवर्द्धन तालीम सम्पन्न

नेपाल स्वास्थ्य, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा खोप कार्यमा संग्लन हुने स्वास्थ्यकर्मीका लागि ४ दिने आधारभूत खोप तथा सरसफाई प्रवर्द्धन तालीम सम्पन्न भएको छ । तालीम स्वास्थ्य कार्यालय रोल्पाको सभाहलमा सम्पन्न भएको हो । तालीममा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । तालीम यहि पौष ३ गतेदेखि ६ गतेसम्म […]

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे । त्यस्ता सूचना प्राप्त भएमा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा […]

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूतिका लागि छुट्टै अपरेशन थिएटर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रमुख डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै […]