नेपाल स्वास्थ्य, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा खोप कार्यमा संग्लन हुने स्वास्थ्यकर्मीका लागि ४ दिने आधारभूत खोप तथा सरसफाई प्रवर्द्धन तालीम सम्पन्न भएको छ । तालीम स्वास्थ्य कार्यालय रोल्पाको सभाहलमा सम्पन्न भएको हो । तालीममा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । तालीम यहि पौष ३ गतेदेखि ६ गतेसम्म संचालन भएको थियो ।
प्रकाशित मितिः २०८१ पौष ७ गते, बिहान ११ः१७ बजे

