लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूतिका लागि छुट्टै अपरेशन थिएटर

स्वास्थ्य समाचार हेडलाइन्स

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पताल प्रमुख डा. इन्द्र ढकालले जानकारी दिए ।
अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रूपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ ।

प्रकाशित मितिः २०८१ मंसिर २४ गते, राती १०ः५७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *