नागरिकका गुनासो सुन्न स्वास्थ्य मन्त्रालयको ‘हेलो हेल्थ’

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल र हुलाकबाट समेत पठाउन सक्नेछन् […]

गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाई

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको  मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। उनले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकीकृत गौशाला निर्माण गरेर […]

इन्जिनियर श्रेष्ठ भन्छन्ः ‘कम शुल्कमै सरकारी कलेजमा बायोमेडिकल इन्जिनियर पढाउन सकिन्छ’

नेपाल स्वास्थ्य डेस्क, नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको विधाबारे आम रुपमा प्रकाशमा आएको धेरै समय भएको छैन । स्वास्थ्य क्षेत्रको एक महत्वपूर्ण विधा रहेको यस विषय मेडिकल उपकरणसँग सम्बन्धित रहेको छ । आधुनिक चिकित्सा प्रणालीमा मेडिकल उपकरणको योगदान धेरै छ । बिरामीको रोगको उपचारमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाउने उपकरण वर्तमान स्वास्थ्य क्षेत्रमा मानव साधन जत्तिकै अत्यावश्यक भैसकेका […]

‘छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु’

नेपाल स्वास्थ्य, आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छन् । उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भनिन्, ‘मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको […]

आफैले कसरी पहिचान गर्ने मुटु रोगको ?

डा. ओममूर्ति अनिल संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा […]

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

नेपाल स्वास्थ्य, सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । तत्कालका लागि विपन्न नागरिक औषधि उपचारबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ र […]

काठमाडौँ महानगरले माग्यो १०८ जना स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य, काठमाडौं महानगरपालिकाले करारमा १०८ जना स्वास्थ्यकर्मी माग गरेको छ।  महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै १०८ जना स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको पालिकाले जनाएको छ।  प्रकाशित मिति: २०८१ कार्तिक ७ […]

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर अन्तिममा हुने

नेपाल स्वास्थ्य, नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ । सङ्घले प्रेस विज्ञप्ती जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने सङ्घका महासचिव डा. सन्जिव तिवारीले जानकारी दिए । सम्मेलनमा पूरक सन्देश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत सरोकारवाला […]

चितवनलाई चिनाएको क्यान्सर अस्पताल

चितवन, पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गरेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहेका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको […]

यी ६४ वटा अस्पतालमा उपचार गराउँदा ज्येष्ठ नागरिकले पाउनेछन् सुविधा

नेपाल स्वास्थ्य,सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरेको हो । अब यी संस्थाको संख्या ६४ वटा पुगेको छ। हेरौं अस्पतालको सूची- १.वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी २. […]