नेपाल स्वास्थ्य, नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ । सङ्घले प्रेस विज्ञप्ती जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने सङ्घका महासचिव डा. सन्जिव तिवारीले जानकारी दिए ।
सम्मेलनमा पूरक सन्देश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने योजना बनाइएको डा.तिवारीले जनाए ।
प्रकाशित मितिः २०८१ असोज १७ गते, बिहान ६ः३४ बजे

