डिप्रेशन के हो? रोकथामका उपाय के के हुन्?

विचार/ब्लग हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम

डिप्रेशनलाई नेपालीमा उदासिन रोग भनेर समेत चिनिन्छ । विश्व लगायत नेपालमा पनि यस रोगले धेरैलाई सताएको देखिन्छ । यो रोग मानसिक रोगहरुमध्ये सबैभन्दा बढी देखिने गम्भिर प्रकृतिको रोग हो । यस रोगले मानिसको अनुभूति, सोचाई र व्यवहारमा नकरात्मक असर पार्ने गर्दछ । जसको कारणले व्यक्तिले आफ्नो जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्न असमर्थ हुन्छ । यस रोगले मानिसमा भावनात्मक र शारीरिक कठिनाई भई काम गर्ने क्षमतामा समेत कमि ल्याउँदछ ।


खासगरी यस रोग लागेपछि मानिसलाई धेरै निद्रा लाग्ने वा नलाग्ने हुन्छ । त्यसैगरी आत्महत्या गर्ने विचार आउने, खुसी हुनुपर्ने कुरामा खुसी नहुने, बाँच्नु बेकार छ भन्ने किसिमका भावना आउने , दुखित र निराश मनस्थिति हुने, थकाई महशुस हुने, कुनै कुरामा चाख नहुनुको साथै ध्यान केन्द्रित नहुने लगायत हुन्छ ।


यस रोग लाग्नुका कारण धेरै हुन सक्छन् । जस्तोकी घरायसी वातावरण अनुकुल नहुनु, औषधीको प्रतिकुल असर देखा पर्नु, वंशाणुगत रोग, एक्लोपना, प्रेममा असफलता, मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको दुव्र्यसनी, आर्थिक समस्या, मानसिक तनाव लगायतले डिप्रेशन हुन सक्दछ ।


रोकथामका उपायहरुः
१. शारीरिक अभ्यास, योगा तथा ध्यान नियमित रुपमा गर्ने,
२. परिवार तथा समाजमा घुलमिल हुने तथा साथीभाइसँग समय बिताउने,
३. किशोरकिशोरीहरुलाई समयमै उचित यौन शिक्षा र घर व्यवहारमा सहभागी गराउने,
४. बालबालिकालाई सहि आचरण सिकाउने तथा उनिहरुलाई उचित वातावरणको प्रबन्ध मिलाउने,
५. अभिभावकले आफ्ना छोराछोरीको समस्यालाई समयमै पहिचाचन गरी उनीहरुसँग समय बिताउने,
६. आराम र निद्रामा ध्यान दिने, खानपानमा ख्याल गर्ने, कुलतबाट टाढा राख्ने,
७. समयमै स्वास्थ्यकर्मीको सल्लाह लिई उचित परामर्श लिने ।


-राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको सहयोगमा
प्रकाशित मितिः २०७९ असोज २९ गते विहान ६ः५२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *