नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को दफा ११७ को उपदफा १ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी बिदा भनेर समावेश गरिएको हो।
प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो। भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा बिधेयक पारित गरेको थियो। यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए। यो बिदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन्।
प्रकाशित मितिः २०८० मंसिर २८ गते, दिउँसो १२ः५१ बजे

