अनु केसी, नेपाल स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट र बेडशुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले सरकारले यो आर्थिक वर्ष को बजेटमा उल्लेख गरेर अस्पतालमा शुल्क नलाग्ने व्यवस्था गरेसँगै बिरामीको लागि यो सुविधा उपलब्ध भएको हो ।
यस निशुल्क सेवाको आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। यो सेवा लुम्बिनी प्रादेशिक अस्पतालसँगै राप्ती प्रादेशिक अस्पतालमा समेत उपलब्ध हुने बताइएको छ ।

