नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिए २० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दे यो व्यवस्था लागू गरेको हो । निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिनहरुको हकमा भने यो व्यवस्था लागु नहुने जनाइएको छ ।
बोर्डका अनुसार आधारभूत अस्पतालहरुमा भने यो व्यवस्था लागू हुने छैन ।
प्रकाशित मितिः २०८० फागुन २९ गते, बिहान १०ः३९ बजे

