राप्ती प्रतिष्ठानमा थप अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा

नेपाल स्वास्थ्य, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा आएको छ। अप्रेसन गर्ने बिरामीको चाप बढेकाले थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । उक्त अप्रेसन थिएटरको उद्घाटन उपकुलपति लामिछानेले गरेका हुन् । अप्रेसन थिएटर थपिएसँगै यस आसपासका बिरामीलाई सजिलो हुने अस्पतालले जनाएको छ […]

..अनि गिरिजाप्रसाद ‘एकै बचनमा अस्पताल जान राजी हुनुभयो’

डा.भगवान कोइराला विदेशमा पढ्न जानु अघिसम्म गिरिजाप्रसाद कोइरालाको नाम सुनेको भए पनि उहाँसँग मेरो चिनजान थिएन । अमेरिका र क्यानडाको तालिम लिएर फर्किएपछि, खासगरी गङ्गालालमा मेरो नियुक्तिका सन्दर्भमा उहाँलाई मेराबारे जानकारी गराइएको रहेछ । गङ्गालालमा मेरो नियुक्ति भइसकेपछि मात्र मैले उहाँसँग भेट्ने मौका पाएको थिएँ । पहिलो भेटमै उहाँले भन्नुभयो, “डाक्साब, म तपाईंको अस्पतालमा बिरामी […]

विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

नेपाल स्वास्थ्य, नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाई विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठका अनुसार पछिल्लो समय मनसुन भित्रिसकेको […]

डा. राजेन्द्र कोजुको कविता ‘आमा’

डा. राजेन्द्र कोजु आमाशब्दै काफी छमनलाई तरंगीत बनाउनपुलकित हुनस्नेहमयी बनाउनशान्त पार्नआमासम्झे पुग्छआफैमा हराउनहौसला जगाउनमिहेनत गर्ननिडर हुनआमासंगै भए त झन्म जत्तिको सुखीम जत्तिको खुसीम जत्तिको भाग्यमानीमलाई जत्तिको आनन्द कसलाई होलाभन्नेआत्मबिभोर नै हुन्थ्योआमातिम्रो माया, तिम्रो साथतिम्रो स्याहार, तिम्रो हेरविचारजहिले मनमा आउँछ, आइरहन्छ, आइरहनेछअन्त – अनन्तसम्मचितासम्मप्रमाणित गर्न सके परलोकसम्मआमातिमि म भित्रै हुनुहुन्छयहिँ भित्रैमनभित्रै, मुटुभित्रैहरेक श्वासमा, हरेक कर्ममा,हरेको दायित्वमा, […]

बाढी र डुबानबाट कसरी जोगिने ?

नेपाल स्वास्थ्य डटकम, पानी पार्ने मनसुनी प्रणाली नेपालमा सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष धेरै पानी पर्ने आंकलन गरेको छ । यसरी वर्षा धेरै मात्रामा हुदाँ यसले ल्याउने जोखिम समेत धेरै नै हुन्छ । पहिरो, बाढी र डुबानले जनजीवन कष्टकर बन्छ भने अर्कोतर्फ यसले भौतिक तथा […]

विपदमा पुग्नुपर्ने ध्यान (सम्पादकीय)

नेपाल स्वास्थ्य डटकम सम्पादकीय, नेपालमा पानी पार्ने मनसुन प्रणाली सक्रिय भएसँगै विभिन्न किसिमका विपदका घटना घटिरहेका छन् । खासगरी बाढी, पहिरो, डुबान,चट्याङ, हावाहुरी लगायतका प्रकोपले मानिसको दिनचर्यामा असहजता थपिदिएको छ । प्राकृतिक भूबनोट पनि पूर्णतया मानवमैत्री बन्न नसकेको अवस्थामा यसको मानवीय मात्रै नभएर भौतिक क्षतिको पनि त्यत्तिकै मात्रामा डर रहेको छ । नेपालले मनसुनको समयमा […]

फार्मेसीको गुणस्तर सम्बन्धमा उच्चस्तरीय अनुगमन समिति गठन

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले नेपाली औषधि उद्योग, औषधि थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका विषयलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्। औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए नभएको सुनिश्चित गर्न मन्त्री यादवले उक्त समितिको गठन गरेका हुन्। गठित समितिको संयोजकमा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव […]

मेडिकल उपकरणको मनोवाद

दिपक महत पीडाको सूचक भावमा प्रस्तुत गर्न सकिदैंन । किनकी मानवजस्तो गुण हामीमा छैन । मानवजस्तो गुण नहुदैंमा हामीमा संवेदनशिलता छैन भन्नुहोला । यो पटक्कै हैन । हाम्रो सबै ध्याउन्न बिरामी बनेर जिन्दगीको सफर लम्बाउन चाहने तपाइहरुको चाहनामै जोडिएको छ । आफू नथलिएसम्म कुनै हालतमा तपाइलाई यमराजको लोकमा पु¥याउनबाट रोक्नैपर्ने जिम्मेवारीलाई शिरोधार्य गर्दे तपाइकै सामिप्यतामा […]

नेपालमा ५.०६ प्रतिशतका दरले प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ। लागुऔषध दुर्वसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी दिएको हो । रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रस्तुति दिइएको थियो […]

लुम्बिनी प्रदेशको बजेटमा यी हुन् स्वास्थ्यतर्फ समेटिएका विषय

सपना महत, नेपाल स्वास्थ्य डटकम लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फका विभिन्न योजना बजेटमा समेटिएका छन् । नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न […]