राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने, पायो ५० सिट

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने रजिस्ट्रार श्याम लम्सालले बताए । प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा […]

प्यारलाइसिसको उपचार

डा. हेमराज कोइराला पक्षघात, प्यारलाइसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रिय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्कघात) को कारणले हुने गर्दछ। मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक तत्वहरु […]

सरकारी अस्पतालको उपकरण मर्मत आविष्कार केन्द्रले गर्ने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी […]

स्टाफ नर्सलाई प्रहरी अस्पतालमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य,नेपाल प्रहरीले २० जना स्टाफ नर्स (प्रहरी नायब निरीक्षक) करार सेवामा लिनको लागि विज्ञापन गरेको छ । जसका लागि भदौ ६ गतेसम्म आवेदन दिन सकिन्छ। दरखास्त नेपाल प्रहरी अस्पतालमा पाइनेछ । प्रकाशित मितिः २०८१ साउन ३० गते, बिहान ७ः५१ बजे

प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

कैलाली, केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ ।  कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा […]

एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतमा एकरूपता ल्याउन सरकारको निर्देशन

काठमाडौँ – सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक […]

काठमाडौंको ढलमा भेटियो पोलियो गराउने भाइरस

नेपाल स्वास्थ्य, काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो । २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए […]

राप्ती प्रतिष्ठानमा थप अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा

नेपाल स्वास्थ्य, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा आएको छ। अप्रेसन गर्ने बिरामीको चाप बढेकाले थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । उक्त अप्रेसन थिएटरको उद्घाटन उपकुलपति लामिछानेले गरेका हुन् । अप्रेसन थिएटर थपिएसँगै यस आसपासका बिरामीलाई सजिलो हुने अस्पतालले जनाएको छ […]

..अनि गिरिजाप्रसाद ‘एकै बचनमा अस्पताल जान राजी हुनुभयो’

डा.भगवान कोइराला विदेशमा पढ्न जानु अघिसम्म गिरिजाप्रसाद कोइरालाको नाम सुनेको भए पनि उहाँसँग मेरो चिनजान थिएन । अमेरिका र क्यानडाको तालिम लिएर फर्किएपछि, खासगरी गङ्गालालमा मेरो नियुक्तिका सन्दर्भमा उहाँलाई मेराबारे जानकारी गराइएको रहेछ । गङ्गालालमा मेरो नियुक्ति भइसकेपछि मात्र मैले उहाँसँग भेट्ने मौका पाएको थिएँ । पहिलो भेटमै उहाँले भन्नुभयो, “डाक्साब, म तपाईंको अस्पतालमा बिरामी […]

विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

नेपाल स्वास्थ्य, नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाई विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठका अनुसार पछिल्लो समय मनसुन भित्रिसकेको […]